काठमाडौं । रूरू जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) १६ लाख ७१ हजारले भरेका छन ।
बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्म सो संख्याले मेरोसेयर अनलाइनबाट आवेदन दिएका हुन् ।
बैंकमै गएर आवेदन दिनेको संख्या प्राप्त भइ नसकेको क्यापिटलले जनाएको छ । यसले गर्दा आवेदन भर्नेको संख्या केही बढ्न सक्नेछ ।
कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको हो। सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता सेयर बिक्रि गरिनेछ ।
यस हिसावले ३७ हजार ९ सय १० जनाले १० कित्ताका दरले र तिमध्येबाट ७ जनाले ११ कित्ताका दरले सेयर पाउने संभावना छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ । कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ। कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्नेछ ।
यो कम्पनीमा सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्न पुग्दैन । ३७ हजार ९ सय १० जनालाई १० कित्ताका दरले बाँडफाँड गरेपछि ७ कित्ता बाँकी रहन्छ । त्यसैले ७ कित्तालाई १–१ कित्ताका दरले तिनैमध्येबाट ७ जनालाई थपेर दिइनेछ ।