राइस कुकरभित्र १ किलो सुन लुकाएर ल्याउने एक जना विमानस्थलमा पक्राउ

  • प्रकाशित मिति : 2021-04-07
  • nepaltale.com

काठमाडौं । राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना पक्राउ परेका छन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।



मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो ।

सामानहरूको तौल बढी देखिएपछि जाँच गर्दा कुकरमा हालेको अवस्थामा सुन फेला परेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए ।

त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।