देशका अधिकांश स्थानमा तुवाँलो लागेको छ, बच्नुहोला : विभाग

  • प्रकाशित मिति : २०७७ चैत्र २५, बुधबार
  • nepaltale.com

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा तुवाँलो लागेकाले सावधानी अपनाउन आग्रह गरेको छ।

महाशाखाले बुधबार साँझ ६ बजे जारी गरेको सूचनाअनुसार तराई र पहाडी भेगका धेरैजसो स्थानमा तुवाँलो लागेको हो। जसले वायु प्रदूषण बढाएको छ।

तसर्थ यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्।

जसमा भनिएको छ : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडी भूभागका अधिकांश स्थानमा तुवाँलो लागेकाले सो बाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।