पत्रकार महासंघ ललितपुरमा सागर न्यौपाने नेतृत्वको प्यानल विजयी

  • प्रकाशित मिति : 2021-04-08
  • nepaltale.com

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी बनेको छ ।

आज बिहान सकिएको मत गणना अनुसार अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी बनेका हुन् ।



त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी बनेका छन् ।