हेलिकोप्टरबाट पानी खन्याएर निभाउन थालियो नागार्जुन जंगलको आगो

  • प्रकाशित मिति : २०७७ चैत्र २९, आईतवार
  • nepaltale.com

काठमाडौं । काठमाडौंको शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग गर्न थालिएको छ ।

आइतबार बिहान करिब ११ बजे बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट शुरु भएको आगलागी नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरिएको हो ।

हेलिकोप्टरबाट पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास थालिएको बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले जानकारी दिए ।

डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीका दमकल त्यस क्षेत्रमा पुगेका थिए ।

दमकलबाट आगो निभाउने अवस्था नगरहे पछि हेलिकोप्टरबाट पानी खसाल्न थालिएको हो ।