काठमाडौंमा फेरि वायु प्रदूषण बढ्यो

  • प्रकाशित मिति : २०७७ चैत्र ३०, सोमबार
  • nepaltale.com

काठमाडौं। काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो ।

प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ ।

बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । एक्युआई दुई सयभन्दा माथिको प्रदूषणलाई घातक मानिन्छ ।

काठमाडौंपछि बंगलादेशको ढाका, चीनको बेइजिङ, युक्रेनको किभ र भारतको कोलकातामा प्रदूषण उच्च देखिएको छ ।

यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेका कारणले पनि प्रदूषणको मात्रा बढेको जानकारहरु बताउँछन् । डढेलोका कारण वन मासिने, वन्यजन्तु लोप हुनुका साथै बाक्लो तथा हानिकारक धुवाँ उड्ने भएकाले स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असरको जोखिम बढेको छ ।

यसअघि वायुप्रदूषण उच्च भएपछि नेपाल सरकारले चार दिनसम्म विद्यालयहरु बन्द गरेको थियो ।