नेप्से १७ अंकले बढ्यो, ५ कम्पनीको मूल्यमा सर्वाधिक वृद्धि

  • प्रकाशित मिति : २०७७ चैत्र ३०, सोमबार
  • nepaltale.com

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १७ अंकले बढेको छ।

अघिल्लो दिनभन्दा १७.२ अङ्क अर्थात् ०.६४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६९१.५६ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६९४.३७५९ र कममा २६७१.७३५४ पुगेको थियो।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३७८ अंकले बढेर ४८०२९ बिन्दुमा पुगेको छ।

नेप्समा आज ७ अर्ब ४६ करोड माथिको कारोबार भएको छ। सूचिकृत कूल २१६ कम्पनीको सेयर किनबेच भएको हो।

आज सबैभन्दा धेरै एनआईसी एशिया लघुवित्त वित्तिय संस्था, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, छ्याङदी हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए।

सान्जेन जलविद्यु कम्पनी लिमिटेडको मूल्य सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ। आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सेयर कारोबार भएको छ।