ज्यान मार्ने उद्योगका फरार आरोपी पक्राउ

  • प्रकाशित मिति : २०७८ बैशाख १, बुधबार
  • nepaltale.com

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार आरोपीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २१ वर्षीय रोशन शेर्पालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–४ गणेश टोलमा सोमबार राति झगडा हुँदा रोशनले स्याङ्जा अर्जुनचौपारी–२ घर भएका चुत्रबहादुर गुरुङलाई कुटेर गम्भिर घाइते बनाएका थिए । पोखरा–१५ रामबजार बस्ने चुत्रबहादुरको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । घटनास्थलबाट फलामको दाउ बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

आरोपीलाई ज्यान मार्ने उद्योग कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।