काठमाडौं। बाँकेमा बिहीबार थप ३८८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
४८२ जनाको पिसिआर परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।
जिल्लाका विभिन्न तीन वटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा गरिएको परीक्षणका क्रममा ३८८ जना संक्रमित फेला परेको वलीले बताए।