विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

  • प्रकाशित मिति : २०७८ बैशाख १३, सोमबार
  • नेपाल टेल संवाददाता

सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।