उपत्यकामा यातायात बन्द गर्ने निर्णय

  • प्रकाशित मिति : २०७८ बैशाख १३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।

यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुनेछ । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।