रेस्टुरेन्टबाट टेक अवे सेवा, पसल बन्दको निर्णय

  • प्रकाशित मिति : २०७८ बैशाख १३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। उपत्यकामा कोरोनाभाइरस बढ्दै गएपछि प्रशासनले कडाइ गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रेस्टुरेन्टबाट दिइने सेवा टेक अवेमा मात्रै दिन पाइने निर्णय गरेको छ। यस्तै ग्रोसरीहरु खोल्न दिइएपनि बजार तथा पसल बन्द गर्ने निर्णय भएको छ । अत्यावश्यक सेवाहरु भने निर्वाध रुपमा सञ्चालनमा आउनेछन् ।