काठमाडौं । लकडाउनका बीच पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द नहुने भएको छ।
सोमबार नेप्सेले ब्रोकर कम्पनीहरुलाई कोरोना नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यलय सञ्चालन गर्न निर्देशन दिएको छ।
कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै नेप्सेले संचालन गर्ने गतिविधिहरुमा भौतिक आवागमन कम गर्ने उद्देश्यले विभिन्न ७ वटा निर्देशन दिएको हो।
ब्रोकरले नेप्सेसँग गर्नुपर्ने कम कारवाहीमा सम्भव भएसम्म भौतिक दुरीलाई कम गर्नुपर्ने जनाएको छ। नेप्सेमा पठाउनु पर्ने कागजातहरु समेत इमेल मार्फत पठाउन निर्देशन दिएको छ।
