सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने

  • प्रकाशित मिति : २०७८ बैशाख १३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएपछि स्थानीय प्रशासनले सञ्चारकर्मीलाई आवतजावतको व्यवस्थासम्बन्धी विषय पनि उल्लेख गरेको छ ।

जसअनुसार सञ्चारकर्मी तथा पत्रकारले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।



उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले आदेश जारी गरेको हो।