काठमाडौंमा मात्रै १६०२ जनामा कोरोना भेटियो, बाँकेमा पनि ५०० बढीमा पुष्टि

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुग्यो

  • प्रकाशित मिति : २०७८ बैशाख १४, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। बितेको २४ घण्टामा काठमाडौंमा मात्रै १६०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा पनि ५१५ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ३८३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दाङमा २३० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर भने ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।



यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।