आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

  • प्रकाशित मिति : २०७८ बैशाख १६, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज ठाउँठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा र अपरान्हपछि मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



शुक्रबार र शनिबार पनि वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

बैशाख १६ गते (बिहीबार)

दिउँसो: देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ ,हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख १७ गते (शुक्रबार)

दिउँसो: देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख १८ गते (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केही स्थानमा मेघगर्जन,चट्याङ,हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।