उपत्यकामा निषेधाज्ञा लागेको दिन ४९ सय बढीमा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७८ बैशाख १६, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ।



यस्तै पछिल्लाे घण्टामा ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ ।
यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ ।