काठमाडौंमा यस्ता कामका लागि सर्वसाधरणलाई पास नचाहिने(सूचनासहित)

  • प्रकाशित मिति : 2021-04-29
  • nepaltale.com

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका १२ स्थानमा आजदेखि निषधाज्ञा जारी गरिएको छ । २२ गतेसम्म लागू हुने उक्त निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवामात्रै खुला रहनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा अवधिमा सर्वसाधरणहरुका लागि पासका सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थाका कर्मचारीहरु, एयरपोर्टमा जाने आउने यात्रुहरुलाई सवारी पास नचाहिने प्रशासनले जनाएको छ ।

ति व्यक्तिहरुलाई कँही कतैबाट अवरोध भए सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न पनि सूचित गरिएको छ ।