दाङमा कारभित्र ३ बालकको शव फेला

  • प्रकाशित मिति : २०७८ बैशाख १९, आईतवार
  • नेपाल टेल संवाददाता

घोराही । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन बालकको शव फेला परेको छ।

शव फेला परेका बालकहरुको पहिचान भने भइसकेको छैन।



तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शव फेला परेको हो।

सो कार चार महिनादेखि पार्किङ गरि राखेको थियो। ‘मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र पुगे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शनिवार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि त्यसका स्टापले गन्ध आएको हुँदा कार भित्र हेर्दा ती शव देखेको स्रोतले बताएको छ।

यद्यपि तुलसीपुर-६ बरूवागाउँका तीन बालक वैशाख १६ गते साँझ हराएको निवेदन भने इप्रका तुलसीपुरमा परेको थियो।