काठमाडौं । नेपालमा निषेधाज्ञा लागु भएका जिल्लाकाे संख्या ६१ पुगेकाे छ । अब १६ वटा मात्र जिल्ला बाँकी रहेका छन् । दिनहुँ संक्रमण र मृत्युदर बढेसँगै धमाधम लकडाउन घोषणा गर्ने जिल्लाहरु बढिरहेका छन् ।
गृह मन्त्रालयले आज बिहान १० बजेसम्म निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ६१ पुगेको जनाएको हाे ।
निषेधाज्ञा अवधिका बेला के के गर्न पाइने तथा नपाइने भन्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेका छन् ।