पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी

  • Published Date : 2021-05-08
  • nepaltale.com

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा बजारमा आज बिहान आगलागि भएको छ । शनिबार बिहान ०७ः४० वजेको समयमा दावा शेर्पाको घरमा एक्कासि आगलागि भएको हो । दमकल, स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको सहायतामा आगो नियन्त्रणमा आइसकेको छ । आगो लाग्नुको मुख्य कारण भने खुल्न सकेको छैन । आगोबाट एक घर जलेर पुण रुपमा क्षति भएको छ ।

तस्बिर :- सुन्दर योङ्हाङ