आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • प्रकाशित मिति : २०७८ बैशाख २९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज दिउसो प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू(भागहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।



देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।