पाँचथरमा कोरोना भाइरसका कारण एक सङ्क्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७८ बैशाख ३०, बिहीबार
  • नेपाल टेल संवाददाता

पाँचथर। पाँचथरमा एक जना कोरोनाभाइरसका सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका वडा नं. २ एकतीन घर भएका ६० वर्षीय पुरुषको आज उपचारका क्रममा फिदिम स्थित कोभिड–१९ अस्थायी अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गएराती जिल्ला अस्पतालमा रहेका कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।



शरीरमा अक्सिजनको मात्रा अत्यन्तै न्यून भएका कारण उनको ज्यान गएको हो । जिल्लामा कोभिड–१९ को सङ्क्रमणबाट भएको यो पहिलो मृत्यु हो ।