लकडाउनमा पनि ईपीएस पास गरेकालाई कोरिया जान दिने सरकारको निर्णय

  • प्रकाशित मिति : २०७७ बैशाख १४, आईतवार
  • नेपाल टेल संवाददाता

सरकारले कोरियन भाषा परिक्षा (इपिएस) पास गरेकालाई कोरीया पठाउने निर्णय गरेको छ।तत्कालको लागि अरु देशका कामदारमा रोक लगाए पनि कोरिया जान दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो।



सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ सम्म अवागमन रोक्ने निर्णय गरेको छ। तर कोरिया जाने नेपाली कामदार भने रोकिने छैनन्। बैठकले नेपालमा लकडाउनको समवावधि वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ।