आजबाट उपत्यका बाहिर जान निशेध

  • प्रकाशित मिति : २०७८ जेष्ठ १, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। तीव्र रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा हुन पुगेका छन् ।यसैक्रममा निषेधित गरिएका जिल्लाहरुमा थप कडाइ गरिन थालिएको छ।

महामारीको जोखिमलाइ थप नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई आफ्नो गाउँ/घर फिर्न उपलब्ध गराएको समयसिमा सकिएको छ । प्रशासनले बैशाख ३१ गते लाई अन्तिम समय तोकेको थियो।



काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले राजधानीमा रोकिएका सर्वसाधारणलाई उपत्यका छाड्न बैशाख ३१ राती सम्म अनुमति दिएको बताएका थिए । अब बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भएपनी आज बाट प्रशासनले रोक लगाएको छ।

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्म रहेकोले अर्को सुचनजारी नभएसम्म प्रशासनले जारी गरेको नियम पालनागरि घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ ।

यता उपत्यकामा निषेधाज्ञालाइ थप कडाइ गर्न ललितपुर जिल्ला प्रशासनले निशेधित क्षेत्र तोकिसकेको छ भने अत्यावश्यक कामबाहेक बाहिर नजान जिल्लावाशी लाई अनुरोध गरेको छ।