कोरोनाकाे कारण वरिष्ठ पेटरोग विशेषज्ञ प्राडा. आइ.एल. आचार्यको निधन

  • प्रकाशित मिति : २०७८ जेष्ठ २, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना हुनुभएका वरिष्ठ पेटरोग विशेषज्ञ ग्याष्ट्रोइन्टेरोलोजिष्ट एवं प्राडा. आइ.एल. (ईश्वर लाल) आचार्यको निधन भएको छ ।

वैशाख १८ गते सानेपास्थित स्टार अस्पतालमा भर्ना हुनुभएका उहाँलाई कडा निमोनिया भएको थियो । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र २९ गते कोरोना रिपोर्ट पनि नेगेटिभ आएकोमा उपचारकै क्रममा आज विहान करिव ३ वजेतिर उहाँको निधन भएको अस्पतालका कार्यकारी निर्देशन डा. शैल रुपाखेतीले जानकारी दिनुभयो ।



उहाँका अनुसार संक्रमणका कारण डा.आचार्यको फोक्सो ७५ प्रतिशत खराव भइसकेको अवस्थामा उपचार चलिरहेको थियो ।

‘ग्याष्ट्रोइन्टेरोलोजि क्षेत्रमा आचार्यलाई पिताकै रुपमा चिनिन्थ्यो, स्टार अस्पतालमा स्थापना गर्न लागेको जीआई सेन्टरको नेतृत्व पनि उहाँले नै गरिरहनुभएको थियो । रुपाखेतीले भन्नुभयो, नेपालको चिकित्सा क्षेत्रमा अपूरणिय क्षति पुगेको छ ,उहाँको अभाव सधै रहीरहनेछ ।’