लकडाउनले श्रीमती माइतीमै फसेपछि श्रीमानले गरे अर्कै प्रेमिकासँग विवाह

  • प्रकाशित मिति : २०७७ बैशाख १५, सोमबार
  • nepaltale.com

भारतको बिहार राज्यको राजधानी पटनादेखि ६० मिलोमिटरको दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा निकै रोचक घटना भएको छ । लकडाउनको समयमा श्रीमती माइतीमै फसेको फाइदा उठाउँदै श्रीमानले प्रेमिकासँग बिहे गरेका छन् ।

लकडाउनभन्दा अगाडि गुडिया देवी श्रीमती माइती गएकी थिइन् । उनी माइतीमै रहँदा लकडाउन सुरु भएपछि उनी उतै फसेकी थिइन् । गुडिया देवीले पछि मात्र थाहा पाइन् कि उनका श्रीमान धीरज कुमारले उनको अनुपस्थितिको फाइदा उठाउँदै आफ्नी प्रेमिकासँग बिहे गरेको ।

श्रीमानको कर्तुत थाहा पाएपछि श्रीमती गत हप्ता दुल्हन बजार थानामा गएर श्रीमानविरुद्ध उजुरी दिएको आज तकको समाचारमा उल्लेख छ । उजुरीपछि पुलिसले धीरजलाई पक्राउ गरेर जेल पठाएको छ । श्रीमती माइतबाट नफर्केको रिसमा प्रेमिकासँग बिहे गरेको धीरजले बयान दिएका छन् ।

गुडियाका अनुसार श्रीमानको र ती महिलाको पहिलेदेखि नै सम्बन्ध थियो, जसका कारण उनीहरुको घरमा झगडा पनि भइरहन्थ्यो । अहिले धीरजले उनै महिलासँग बिहे गरेका छन् । धीरज र गुडियाका १० वर्षका छोरा पनि छन् ।