यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • प्रकाशित मिति : २०७८ जेष्ठ ९, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ ।



यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।