आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

  • प्रकाशित मिति : २०७८ जेष्ठ ९, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आज सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।



महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी तर्फ भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।