जंगली च्याउ खाँदा एकै परिवारका ९ जना बिरामी

  • Published Date : 2021-05-23
  • nepaltale.com

सङ्खुवासभा। सङ्खुवासभामा जंगली च्याउ खाँदा एकै परिवारका ९ जना बिरामी भएका छन् । सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी भएको वडाध्यक्ष इश्वर कुलुङले बताए ।

गत शुक्रबार जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका ९ जना बिरामी भएका हुन् ।



बिरामी हुनेहरुमा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रवार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो ।

च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको छ ।