मंगलबार सुनको मूल्यमा सामान्य गिरावट

  • Published Date : 2021-05-25
  • nepaltale.com

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।



चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।