नेप्सेमा सामान्य करेक्सन, ४ कम्पनीका लगानीकर्ताले धेरै कमाए

  • प्रकाशित मिति : २०७८ जेष्ठ ११, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सामान्य करेक्सन देखिएको छ।

नेप्से परिसूचक आज ६.५० अंकले घटेर २८१६.१६को बिन्दुमा पुगेर बजार बन्द भएको छ। यसदिन हाइड्रो क्षेत्रका लगानीकर्ताले धेरै कमाए।



बरुण हाइड्रो पावर लगायत ४ कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ। यसदिन नेप्सेमा सामान्य करेक्सन देखिएपनि ११ अर्बमाथिको कारोबार भएको छ।

यी हुन आज सबैभन्दा धेरै कमाउने १० कम्पनी