तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

  • Published Date : 2021-05-27
  • nepaltale.com

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै सुन अधिकतम ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।



यता, चाँदीको मूल्य भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।