काठमाडौं । देशमा पछिल्लो २४ घण्टा ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको पीसीआर परीक्षणमा६७३१ जना र ५७८ एन्टिजेन परीक्षणमा २०८ गरी ६९३९मा कोरोना पुष्टि भएको हो ।
यस्तै ७२२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।