आज ६९५१ नयाँ संक्रमित थपिँदा ९८४१ संक्रमणमुक्त, ९६ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ १४, शुक्रबार
  • नेपाल टेल

काठमाडौं । पछिल्लो २४ घण्टामा झण्डै १० हजार जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । यो संख्या नयाँ संक्रमितभन्दा संख्या नयाँ संक्रमितभन्दा २९ सय ८६ ले बढी हो ।

योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन् ।