पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना मुक्त, ४ हजार ४८७ नयाँ संक्रमित थपिए, ११६ संक्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • नेपाल टेल

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ४८७ जना नयाँ संक्रमित थपिएका छन् भने ११६ संक्रमितको मृत्यु भएको छ ।



अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ३४ हजार ७५० जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ४७ जनाको मृत्यु भएको छ।