जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

  • Published Date : 2021-05-29
  • nepaltale.com

काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिला गाउँपालिका(३ बस्ने २१ वर्षीय लक्की बुढालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

लक्की र सोही गाउँपालिका खलंगा बजार बस्ने मुकेश महतले जेठ ११ गते किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ।



जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी कुडारीबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये लक्कीलाई पक्राउ गरेको हो।

लक्कीलाई जिल्ला प्रहरी कार्यालयतर्फ लैजाने क्रममा तिला गाउँपालिका ३ र ४ जोडने त्रिवेणीस्थित तिला नदीको झुल्लुङ्गे पुल तर्ने क्रममा पुलबाट हाम फालेर घाइते भएकोले उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ।