खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदै

  • Published Date : 2021-05-31
  • nepaltale.com

काठमाडौं। कोरोना विरुद्धको खोप लिन आज नेपाल वायुसेवा निगमको चार्टर विमान बेइजिङ जाने भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको घोषणा गरेको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ ।



नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए ।

उनका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।विमानस्थलको उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको छ ।