काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा ४७६२ जना कोरोनाका संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाए अनुसार विभिन्न जिल्लामा गरिएको पीसीआर परीक्षणमा ४१७८ जना र एन्टिजेन परीक्षणमा ५८४ गरी ४७६२ मा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको भने ६४९१ जना संक्रमण मुक्त भएका छन ।