आज साँझ ५ बजे नेकपाको सचिवालय बैठक बस्दै

  • प्रकाशित मिति : २०७७ बैशाख १७, बुधबार
  • nepaltale.com

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपराह्न बस्ने तय भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल तथा नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको बताइएको छ ।

आज साँझ ५ बस्ने बैठकमा पार्टीमा विगत केही दिन देखिएको राजनीतिक सरगर्मीका बारेमा छलफल हुने जनाइएको छ । नेकपाका केही नेताहरूले तत्काल स्थायी समिति बैठक बोलाउनु पर्ने माग समेत गर्दै आएका छन् ।