नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा संक्रमण पुष्टि, १०१ संक्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ १९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा आज ५ हजार ३१६ जनालाई संक्रमण पुष्टि भएको छ । आज संक्रमणदर ३१.५ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ३१६ जना नयाँ संक्रमित थपिएका छन् भने १०१ संक्रमितको मृत्यु भएको छ ।



अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छ अहिले १ लाख १ हजार ९९३ जना संक्रमित आइसोलेसनमा छन् ।