वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि भिसा प्रक्रियामा सहजीकरण हुने

  • प्रकाशित मिति : २०७८ जेष्ठ १९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा सहजीकरण हुने भएको छ ।

काठमाडौं जिल्ला प्रशासनले त्यस्ता विद्यार्थीका लागि सहजीकरण गर्ने भएको छ ।



बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सो कार्य गर्न सक्ने अनुमति दिएको हो । प्रशासनको निर्णयपछि अब विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई तयारीका लागि सजिलो हुनेछ ।