काठमाडौं। आज बिहीबार देशभरको मौसम बदली रही थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।
अहिले बिहान प्रदेश १ लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ का लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।