मौसमः मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

  • Published Date : 2021-06-05
  • nepaltale.com

काठमाडौं। आज शनिबार देशका पहाडी भू–भागमा मौसम बदली रही थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसा पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।



अहिले बिहान प्रदेश १ लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १ र लुम्विनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।