आज ५ हजार ४२ जनालाई संक्रमण पुष्टि, ६८ जना संक्रमितको मृत्यु

८ हजार २४३ निकाे भएका छन्

  • प्रकाशित मिति : २०७८ जेष्ठ २२, शनिबार
  • नेपाल टेल

काठमाडौं । नेपालमा आज ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको छ । आज ८ हजार २४३ निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ



अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ ।