आजको मौसम- मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

  • प्रकाशित मिति : २०७८ जेष्ठ २३, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ ।



सोही प्रभावले आज दिउँसो र राति देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।