उपत्यकामा आज १ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७८ जेष्ठ २३, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौ उपत्यकामा आज १ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौमा ७ सय ३१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा २५४ गरी १ हजार १ सय ३१ जनामा कोरोना पुष्टि भएको हो ।



नेपालमा आज ३ हजार ४७९ जनालाई संक्रमण पुष्टि भएको छ । आज ६ हजार ६३६ निको भएका छन् ।