आज ४४७२ जनालाई काेराेना संक्रमण, ६ हजार ९५१ निकाे भए

  • प्रकाशित मिति : २०७८ जेष्ठ २४, सोमबार
  • नेपाल टेल

काठमाडौं । नेपालमा आज ४ हजार ४७२ जनालाई संक्रमण पुष्टि भएको छ । आज ६ हजार ९५१ निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ ।



अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षण भएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ ।