निषेधाज्ञामा इ-कमर्शलाई नरोक्न सर्वोच्चको आदेश

  • प्रकाशित मिति : २०७८ जेष्ठ २४, सोमबार
  • नेपाल टेल

काठमाडौं । इ-कमर्शलाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ-कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेश जारी गरेको हो ।



अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफल गर्न निवेदकका तर्फबाट उपस्थित अधिवक्ताहरु सुभाष पाठक, आवेश अधिकारी, सागर पौडेल, कृष्ण पाल र रक्षा सिंह तथा विपक्षीतर्फबाट उपस्थित सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहसका गरेका थिए ।