‘हुनेले दिने, नहुनेले लिने’ अभियानको ५औं दिनसम्ममा ८६ परिवारमा २७६ जनालाई सहयोग

  • प्रकाशित मिति : २०७८ जेष्ठ २४, सोमबार
  • nepaltale.com

पाँचथर । पाँचथरका विभिन्न पेशा तथा व्यवसायमा आवद्ध युवाहरुले थालेको ‘हुनेले दिने, नहुनेले लिने’ अभियानको आज पाँचौ दिनसम्ममा ८६ परिवारमा २७६ जनालाई सहयोग प्रदान गरेको छ ।
बढ्दो महामारीको समयमा दैनिक ज्यालादारी गर्ने, दैनिकरुपमा खानसमेत समस्या हुनेहरुलाई सहयोग गर्ने हेतुले चलाइएको अभियानमा देश विदेशका नेपाली दाजुभाइहरुबाट सहयोग संकलन जम्मा समेत हुन थालेको छ ।

उक्त अभियानका अभियान्ता तिर्थ मिश्र भन्छन्- यो अभियान लाई सफल बनाउन जिल्ला भित्र , जिल्ला बाहिर र बिदेशमा बस्नु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट सहयोग आइरहेको छ । हामी बन्दाबन्दीका कारण समस्यामा परेका दाजुभाइलाई निरन्तर सहयोग गर्ने गरी अभियानमा छौं । हामी चाडो भन्दा चाडो समस्यामा परेका दाजुभाई माझ पुग्ने प्रयासमा छौं ।

आफुहरुले सञ्चालन गरेको अभियानलाई सबैतिरबाट प्रशंसा भइरहेको अर्का अभियान्ता गणेश काफ्लेको भनाई छ । काफ्ले भन्छन् –‘ हामिलाई धेरै तिरबाट सहयोग आइहेको छ । अभियानमा परिवार संख्या हेरि ५ केजि देखि २५ केजिसम्म चामल,दाल,तेल,सोयाबिन,मर मसला, हात धुने साबुन, नुनलागायतका सामग्री वितरण गर्दै आएका छौ ।’

उनी भन्छन्– ‘अभियान सुरु गर्दा हामि अभियान चलाउन तत्पर रहने साथिहरुबाट नगद संकलन गर्यौँ । संकलन रकमबाट विभिन्न खाद्य सामग्री खरिद गरि समस्यामा परेकाहरुको पहिचान गरी सहयोग गर्न सुरु गर्यौँ । अहिले जिल्लाबाटै र बाहिबाट पनि सहयोग आइरहेको छ । सुरुमा हामिले बजार क्षेत्रमा मात्र थालेका थियौँ अहिले गाउँ–गाउँमा पनि सहयोग गरीरहेका छौं । राहत वितरणका लागि प्रशासनबाट बिहान ५ बजेबाट ९ बजे जे सम्मको समय मात्र हामिले पाएका छौं । जसले गर्दा गर्दा सबै पिडित परिवारलाई राहत पुर्याउन कठिन पर्ने भएकोले अर्को दिन पर्खिनु पर्छ । तर पनि हामी सकेसम्म चाडै नै पीडितहरुलाई राहत पुर्याउन कम्मर कसेर लागेका छौ ।’

अभियानका हालसम्म खाद्य सहित २३८८०१.४४ रुपैयाँ संकलन भएको अर्का अभियान्ता केशव भट्टराईले जानकारी दिए । उनले भने– ‘यो अभियान बन्दाबन्दीको समयअवधिभर चलाउछौँ । निस्वार्थ भावनाले सुरु गरिएको यो अभियानमा लिने व्यत्तिहरुको विववरण र फोटोहरु सार्वजनीक नगर्नेसमेत हाम्रो निर्णय छ ।’

को-को छन यो अभियानमा

सुशील श्रेष्ठ
फिरोज खान
गणेश काफ्ले
केशव भट्टराई
टीका खनाल
माइकल आले मगर
तिर्थ मिश्र
नवीन बुडाथोकी
सुदिप बास्कोटा
राजन काफ्ले
उपेन सापकोटा
निरज भट्टराई
सुमन बराल
घनु मिश्र
निर्मल अधिकारी
चिरन लावती
हेम न्यौपाने
सुमन बस्नेत
तेजेन्द्र खनाल
सुमन बराल
मनिस भट्टराई
दिलिप अधिकारी लगायत